Logo
Logo

भारतबाट २५ हजार टन चिनी किन्दै सरकार


315
Shares

काठमाडौं । सरकारले तिहारअघि नै भारतबाट २५ हजार टन चिनी आयात गर्ने भएको छ । नेपाल सरकारको आग्रहमा भारत सरकारले २५ हजार टन चिनी जीटुजीमार्फत उपलब्ध गराउने भएको हो ।

चाडपर्वको माहोल सुरु भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५० हजार टन चिनी जीटुजीमार्फत ल्याउन साउनमै चिठी पठाएको थियो । तर, भारतले केहिदिनअघि मात्रै २५ हजार टन चिनी दिने जनाएको हो ।

नेपालले भारतको नेसनल कोअपरेटिभ एक्स्पर्ट प्रालिबाट चिनी किन्ने तयारी थालिसकेको छ । २५ हजारमध्ये पहिलो चरणमा साल्ट ट्रेडिङलाई १० र खाद्यलाई १० हजार टन आयात गर्न दिने मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए ।

भारतमा चिनीको मूल्य प्रतिकिलो ४० देखि ४२ रुपैयाँ पर्छ । नेपाली मूल्य ६४/६५ हाराहारी हो । ५० प्रतिशत भन्सार महसुल छुट हुँदा ९० रुपैयाँमा नेपाल आउँछ । ढुवानीसहित जोड्दा करिब ९५ रुपैयाँमा बिक्री गर्न सकिने ठाकुरले बताए ।

उपभोक्तालाई चिनी वितरणका लागि प्रहरी प्रशासन परिचालन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागले सादा पोसाकमा कालोबजारी गर्ने व्यापारीको गोदाममा छापा मारिरहेको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्