
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट अन्तरगत नेपाल र ओमानबिचको फाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा कुशल भुर्तेल, सन्दीप जोरा र आसिफ शेख आउट भएका हुन् ।
कुशल ३१ रन बनाएर आउट भएका हुन् । उनलाई ओमानका बलर अकिब इलियासले आउट गरे भने सन्दीप जोरा १० रन बनाएर आउट भए । जोरा जिसान मसुदको बलमा आउट भएका हुन् ।
यसअघि आसिफ शेख ६ रन बनाएर बिलाल खानको बलमा क्याचआउट भएका थिए । नेपालले ३ विकेटको क्षतिमा ५३ रन बनाएको छ ।














