Logo
Logo

गुल्सनले दिलाए नेपालका लागि दोस्रो सफलता


630
Shares

काठमाडौं । आइसीसी टी २० विश्वकप छनोटको फाइनल खेलमामा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहरेको ओमानले दोस्रो विकेट गुमाएको छ।

टियु क्रिकेट मैदानमा जारी खेलमा गुलशन झाको बलमा सन्दीप जोराले क्याच गरेका हुन्। आज भइरहेको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ओमानसामू जितका लागि एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

यसअघि सोमपाल कामीले पहिलो विकेट लिएका थिए। नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनायो।

प्रतिक्रिया दिनुहोस्