काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।

आइतबार प्राधिकरणले यस्तो निर्णय गरेको हो । जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितको सहयोगका लागि सो रकम जम्मा गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।














