Logo
Logo

अब हाम्रो ध्यान टी-२० विश्वकपमा : प्रशिक्षक देसाई


378
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि अत्यन्त सुखद भएको उल्लेख गर्दै अब आईसीसी टी–२० विश्वकपमा मात्र टोलीको ध्यान केन्द्रित भएको बताएका छन्।

ओमानसँग फाइनलमा हारपछि उनले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समग्रमा यो वर्ष नेपाली खेलाडीले धेरै राम्रो गरेको धारणा व्यक्त गरे। एउटा फाइनल हेरेर मात्र नहुने र समग्रमा यो वर्ष खेलाडीले धेरै मेहनत गरेको उनको धारणा छ।

देसाईले ब्याटिङमा राम्रो गरे पनि बलिङतर्फ पावरप्लेमा केही गल्ती भएको बताए। खेल बराबर भएपछि सुपर ओभरमा धकेलिएको थियो तर सुपर ओभरमा राम्रो गर्न नसक्दा नेपाल पराजित भयो।

उनले टी-२० को राम्रो बलरका रूपमा अविनाश बोहोरालाई नै सुपर ओभरमा प्रयोग गरिएको उल्लेख गरे। यद्यपि, आज उनले दबाब राम्रोसँग झेल्न नसकेको देसाईले बताए।

ओमानका बलर बिलाल खानले पनि उनीहरुको योजनाअनुसार बलिङ गरेकाले सक्दा सुपर ओभरमा हार सामना गर्नुपरेको धारणा पनि देसाईको थियो। तर समग्रमा भने यस प्रतियोगितामा नेपालले राम्रो गरेको उनको भनाइ छ।

विवेक यादव जस्तो खेलाडी अगाडि आउनु पनि सुखद पक्ष रहेको प्रशिक्षक मोन्टीको बुझाइ छ। स—साना बालबालिका क्रिकेट हेर्न आउनु भनेको नेपालका लागि सुखद पक्ष रहेको पनि प्रशिक्षक देसाईले बताए। हारको संघारमा पुगिसकेको अवस्थामा समर्थकको साथप्रति पनि उनको प्रंशसा गरे।

प्रतिक्रिया दिनुहोस्