Logo
Logo

सामाजिक सद्भाव बिगार्ने टिकटक बनाउनेलाई कारबाही गर्ने गृहको चेतावनी


630
Shares

काठमाडौं । गृह मन्त्रालयले सामाजीक सञ्जालमा सामाजिक सद्भाव बिगार्ने गरी टिकटक भिडिओहरू बनाएर पोस्ट गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

गृहले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लिल खालका गतिविधि पोस्ट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको हो।

मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा सामाजिक सद्भाव बिगार्ने व्यक्ति पहिचान गरी कारबाही दायरामा ल्याउन अब सहज भइसकेको पनि उल्लेख गरेका छन्।

प्रहरीको साइबर ब्यूरो र सरकारी निकाय तथा टिकटकको कार्यालय सिंगापुरबीच सहकार्य बढाउन कात्तिक १७ गते छलफलसमेत भएको थियो। उक्त छलफलले सामाजिक सद्भाव बिगार्नेलाई कानुनी दायरामा ल्याउन सहज भएको गृह मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्