Logo
Logo

माओवादीको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित


630
Shares

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ।

जाजरकोटको रामीडाँडा केन्द्र गरी ६.४ म्याग्नेच्युडको भूकम्प गएकाले अहिलेको परिस्थितिलाई मध्यनजर राख्दै मंसिर २२ को जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको माओवादी केन्द्रका महासचिव देव गुरूङले बताए।

स्थानीय पालिका र वडास्तरका जनपरिचालन गर्ने कार्यक्रम भने यथावत् रहेको महासचिव गुरूङले बताए ।
माओवादी केन्द्रले बागमती प्रदेश, जवससम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा काठमाडौं केन्द्रित जनप्रर्दशन गर्ने सर्कुलर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्