Logo
Logo

भूकम्प पीडितको राहतको लागि माओवादीले गरे  ५० लाख सहयोग 


189
Shares

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेकपा माओवादी केन्द्रले ५० लाख सहयोग गरेको छ । 

माओवादी केन्द्रका उपाध्यक्ष  पम्फा भुसाललगायत नेताहरूले आज  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिंहदरबारमा भेटी  उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

माओवादीले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेश गर्दै सरको ध्यानाकर्षण पनि गराएको छ ।

आजै नेपाली कांग्रेसले ५० लाख र नेकपा (एकीकृत समाजवादी)ले पनि २५ लाख सहयोग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्