Logo
Logo

भूकम्पपीडितका लागि राहत लिएर २ चिनियाँ जहाज पोखरा आउँदै


693
Shares

पोखरा । जाजरकोट भूकम्पपीडितका लागि राहत सामग्री लिएर दुई वटा चिनियाँ सेनाको जहाज पोखरा आउने भएको छ । चीन सरकारले भुकम्प पिडीतका लागि दिने सहयोग सामग्री बोकेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे अवतरण हुने जनाइएको छ ।

उक्त राहत सामग्री पोखराबाट नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने छ । विमानस्थल प्रवक्ता जसोदा रेग्मीका अनुसार राहत सामग्री बोकेको चिनियाँ जहाज पोखराबाट चीन फिर्ता हुनेछ । जहाजमा सामान ल्याउने भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा आउँदै छन् । चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्रीलाई हस्तान्तरण गर्ने बुझिएको छ ।

चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ । चीनको छेन्दुबाट जहाज उड्नेछ । यसअघि सिचुवान एयरलाइन्सको जहाज असारमा पोखरा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्