Logo
Logo

संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्न मधेश सरकारले बोलायो पत्रकार सम्मेलन


378
Shares

काठमाडौं । मधेश प्रदेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दैछ । प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको माग गर्दै मधेश सरकारले आन्दोलनको घोषणा गर्न लागेको हो ।

तयसका लागि आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामति ऐनलगायतको विषयमा संघर्षमा उत्रिनेसम्मको निर्णय नै गरेको थियो ।

आज पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सरोजकुमार यादव आफ्नै नेतृत्वमा भोलि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १५ दिने अल्टिमेटसहित ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्