
काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाले भूकम्प पीडितलाई ४ करोड रुपैयाँ भन्दा धेरै रकम सहयोग गरेका छन् ।
बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर ‘प्रधानमन्त्री दैवीप्रकोप राहत कोष’मा जम्मा हुनेगरी ४ करोड १३ लाख ९८ हजार नौ सय अठासी रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
यसरी सहयोग गर्नेमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष लगायत छन् ।














