Logo
Logo

प्रधानमन्त्री र सीपीसीका तिब्बत सेक्रेटरीबीच भेटवार्ता


504
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

पाँच दिने नेपाल भ्रमणका लागि बुधबार नेपाल आएका उनले आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनको अवस्थाबारे छलफल भएको बताइएको छ । उनले बुधबार नेपाल आएलगत्तै उपराष्ट्रपति रामयसहाय प्रसाद यादवलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्