
काठमाडौं । बिवाइडी डल्फिन र बिवाइडी सिलले सुरक्षामा फाइभ स्टार मूल्यांकन प्राप्त गरेको छ। अस्ट्रेलियाको नयाँ कारको मूल्यांकन गर्ने प्रविधि एनक्याप परीक्षण मापदण्ड अनुसार बिवाइडी डल्फिन र बिवाइडी सिलले फाइभ स्टार प्राप्त गरेको हो।
सुरक्षाका फाइभ स्टार मूल्यांकन प्राप्त गर्न, सवारी साधनहरूले सबै परीक्षणहरूमा उच्चतम मापदण्ड प्राप्त गर्नु पर्ने र अत्याधुनिक सुरक्षाका प्रविधिहरूले सुसज्जित भएको हुनुपर्छ। एनक्यापको रिपोर्ट अनुसार बिवाइडी सिलले अब्लिक्यू पोल परीक्षणमा चालकको र छेउछाउ अथवा किनारामा परेको टक्करको प्रभाव परीक्षणमा बालबच्चाको सुरक्षामा पूर्ण अंक प्राप्त गरेको कम्पनीले जनाएको छ।
यस्तै वयस्कको सुरक्षामा ८९ प्रतिशत, बालबच्चाको सुरक्षामा ८७ प्रतिशत, सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा ८२ प्रतिशत र सुरक्षा सहयोगमा ७५ प्रतिशत प्राप्त गरेको कम्पनीले जनाएको छ।
यस्तै बिवाइडी डल्फिनले अगाडि हुने ठक्कर र छेउछाउ वा किनारामा हुने ठक्करको प्रभाव परीक्षणमा बालबच्चायात्रीको सुरक्षामा अधिकतम अंक हासिल गरेको कम्पनीले जनाएको छ। साथै दुवै मोडलको एइबी हेड-अन प्रणालीले शानदार प्रदर्शन लागयतका मापदण्ड पूरा गरेको कम्पनीले जनाएको छ।
बिवाइडी डल्फिन नाडा अटो शो देखि सिलमा उपलब्ध छ । बिवाइडीको ‘ई सिक्स’ र ‘अटो थ्री’ पछि डल्फिनले बजार लिएको छ ।












