Logo
Logo

एन्फाको साधारण सभा : मतदान सुरु


693
Shares

काठमाडौं । कडा सुरक्षाबीच सुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभामा मतदान प्रक्रिया सुरु भएको छ । आज बिहान हेटौँडाको राेयल पार्टी प्यालेसमा सुरु भएको साधारणसभामा उदघाटन सत्र नभई सिधै मतदान प्रक्रिया अगाडी बढाइएको हो ।

वर्तमा अध्यक्ष अध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्वले काम गर्न नसकेको भन्दै एन्फाका बहुमत सदस्यले गत भदौ २५ गते अविश्वासको प्रस्ताव पेश राखेका थिए । एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका थिए । साधारणसभामा एन्फा अध्यक्ष नेम्वाङले विशेष साधारण सभामा बोलेपछि मुख्य एजेण्डा रहेको अविश्वासको प्रस्तावमाथि पनि छलफल हुनु अगाडि प्रस्तावकको तर्फबाट कर्माछिरिङ शेर्पा बोल्न खोजेका थिए । तर बोल्न नपाएपछि अविश्वासको प्रस्ताव लैजाने पक्षधरले नाराबाजी गरेका थिए ।

हलभित्र हो–हल्ला भएपछि प्रहरी परिचालन गरेर अहिले मतदान सुरु हन लागेको साधारणसभामा सहभागी एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्