Logo
Logo

तीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिने


819
Shares

काठमाडौं । सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषदको बैठकले निर्माणधिन यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर छिट्टै निर्माण पुरा गर्ने निर्णय गरेबो हो ।

क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको सुचना तथा सञ्चारमन्त्री एवं रकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसअघि टी(२० विश्वकपमा छनोट भएका खेलाडीलाई बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका थिए ।

यसका साथै आजको बैठकले प्रधानमन्त्री एवं मन्त्रीहरुको एक महिनाको तलव जाजरकोट भूकम्प प्रभावितलाई दिने निर्णय गरेको छ । त्यस्तैै सरकारले पाेर्चुगलमा नेपाली राजदुतावास स्थापना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्