Logo
Logo

रक्षामन्त्रीको युएई भ्रमण स्थगित


630
Shares

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयुक्त अरब इमिरेट्स (युएई) भ्रमण स्थगित भएको छ ।

गत शुक्रबार जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पु¥याएको भूकम्पका कारण २७ कात्तिकका लागि तय भएको युएईकोे भ्रमण मन्त्री खड्काले स्थगित गरेका हुन् ।

दुबईमा आयोजना हुन लागेको १८औँ दुबई एयर–सो, २०२३ मा भाग लिन युएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा बिहीबार उनी युएई जान लागेका थिए ।

तर, भूकमप प्रभावितको उद्धार र राहतमा सक्रिय हुनुपर्ने भन्दै भ्रमण स्थगित गरेको रक्षा मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले विज्ञप्तिमा निकालेर जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्