Logo
Logo

थवाङ विचार र क्रान्तिको प्रतीक हो : प्रधानमन्त्री


378
Shares

रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थवाङमा रहेर जनयुद्धको तयारी, उठान र सञ्चालन गरिएको स्मरण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘थवाङ विचार र क्रान्तिको प्रतीक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ । यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु ।’ थवाङलाई देशले मात्रै निभएर सिँगो विश्वले चिन्ने गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने बताउँदै भने, ‘क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हँुदैन । त्यो बांगोटिंगो हुन्छ । यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ ।’

उनले जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेलेको बताए । ‘अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं’ उनले भने, ‘संविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ ।’ पार्टीको आगामी विशेष महाधिवेशनबाट समाजवादको बाटो थप स्पष्ट हुनेसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्