Logo
Logo

यस्ता छन् आजको मन्त्रिपरिषदका निर्णयहरु


1k
Shares

काठमाडौं । सरकारले जाजरकोट केन्द्रबिन्दू भएर गएको भूकम्पपछिको राहत र पुर्नस्थापनाको काम प्रभावकारी रुपमा अघि बढेको जनाएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले भूकम्पपछि एक–दुईदिन राहत र पुर्नस्थापनाको काममा केही ढिलाई भएपनि अहिले प्रभावकारी रुपमा सो काम अघि बढेको बताएकी हुन् ।

समयमा नै राहतको काम हुन नसकेको गुनासालाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै उनले बिकट स्थानमा सडकमार्फत राहत सामाग्री पुराउँदा केही ढिलाई भएको बताइन् । उनले स्थानीय तहसँगको समन्वयनमा नै पिडितलाई राहत सामाग्री वितरण गरिएको बताइन् । प्रवक्ता शर्माले बिपद्का समयमा कसैले पनि राजनीतिकरण गर्न नहुने पनि बताइन् ।

त्यस्तै, मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता शर्माले एडिबीबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने करिब १३ अर्ब २६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्वण ऋण स्वीकार गर्ने निर्णय भएको बताइन् ।

विपद् पिडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने, नेपाल र कतारबीचको युवा तथा खेलकुदसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने, नेपाल सरकार र जापान सरकारबीच हुने प्राविधिक इन्टर्न तालिमसम्बन्धी द्विपक्षीइ समझदारी पत्र स्वीकृत गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले सहसचिव डाक्टर हरि लम्साललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको प्रमसख सचिव पदमा कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ भने सामाजिक सञ्जालसञ्चालसम्बन्धी निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्