Logo
Logo

वामपन्थी एक नभएसम्म समृद्धि आउँदैन : झलनाथ


378
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले फुटेका वामपन्थी दलहरुबीच एकताको पहल सुरु नगरे मुलुकको समृद्धि हुनै नसक्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा ‘समृद्धि सरोकार’ नामक पुस्तकको पलोकार्पण गर्दै नेता खनालले कम्युनिस्ट घटक मिलेपछि मात्रै राजनीतिक परिवर्तन हुने बताएका हुन् । उनले नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता थाल्नसमेत नेताहरुलाई आग्रह गरे ।

नेता खनालले भने, ‘यो संविधानका आधारमा कसैले बहुमत ल्याउन सक्दैन भन्नेहरुलाई हामीले विगतमै दुईवटा वामपन्थी पार्टी मिलेर लड्दा करिब दुईतिहाई मत जनताले दिएका होइनन् र ? एउटै पार्टी पनि बन्यो । तर, त्यो असाधारण शक्ति भएको दुईतिहाईको सरकार हामीलाई पचेन ।’

उनले केपी ओलीको नाम नलिई भने, ‘त्यतिबेला संसद विघटन गरिहासलयो । दुईतिहाई बहुमत आउनु भनेको हाम्रा निम्ति बढी भयो अनि विघटन गरिहाल्यौं ।’ यस्तै, कार्यक्रमम सहभागी माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र एमालेकी केन्द्रीय सदस्य सुनिता बरालसँग खनालले तीन घटकको एकताको प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने, ‘यो कार्यक्रममा हामी विभिन्न वामपन्थी पार्टीका केन्द्रीय नेताहरू उपस्थित छौँ, यो राम्रो सुखद् संयोग हो । यो देशलाई साँच्चिकै अग्रगतिमा लैजाने हो भने मिल्नुपर्छ । दक्षिणपन्थी बाटोबाट देश अगाडि बढ्दैन ।’
उनले देशलाई अगाडि बढाउन प्रगतिशील बाटोबाट मात्र सम्भव रहेको बताउँदै भने, ‘त्यसका लागि केही कार्यक्रम अघि सार्नुपर्छ, कार्यक्रम कार्यान्वयन गर्न पहिला हामी मिल्नुपर्छ ।’

नेता खनालले नेपालको प्रमुख राजनीतिक अन्तरविरोध पहिचान गरेर अगाडि जानलाई वामपन्थी एकता आवश्यक रहेको बताउँदै अगाडि थपे, ‘के वामपन्थी हामी एक अर्काका सत्रु हौँ, वैचारिक मतभिन्नतालाई एकै ठाउँमा बसेर मिलाउन सकिन्छ ।’
उनले विवाद हुनेवित्तिकै पानी बाराबार हुने र चिया खान आइजो भन्दासमेत नजाने नेताहरुमा आदत रहेको बताउँदै भने, ‘त्यो खालको असंस्कृतिबाट हामी मुक्त हुनुपर्छ ।’

नेता खनालले अगाडि थपे, ‘पुनरुत्थानवादीहरू जसले ३० वर्ष यो देश लुटेर खाए, जसले जनताका हक अधिकार दमन गरेर खाए,उनीहरु देश बनाउने कुरा गरेर आउन थाले, एजेण्डा के छ भन्दा केही छैन । यसबाट आत्तिनुपर्ने, त्रसिनुपर्ने केही छैन ।’

प्रतिक्रिया दिनुहोस्