Logo
Logo

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँड्यो : गगन थापा


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन् ।

आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्– , ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्नेरनगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो ।’

महामन्त्री थापाले सरकारको नियत अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखिएको भन्दै यो कदम सच्चाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्