संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–३ तीनखोप्रेबाट जुवा तास खेल्ने ७ जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय चैनपुरले सोमवार मध्यरातमा जुवा तास खेलिरहेका चैनपुर नगरपालिका–३ तीनखोप्रेका जुवाडे प्रेमबहादुर कटुवाल, रिन्जेवांदी शेर्पा, भरत खत्री, रवीन कटुवाल, सुरेन्द्र खत्री‚ सूर्यकिरण भण्डारी र मोहनकुमार अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

उनीहरुको साथबाट ३८ हजार ३३५ रुपैयाँ नगद पनि बरामद गरिएको छ।
खाँदबारी नगरपालिका–४ मा प्रहरीमाथि हातपात गर्ने ४ जना पक्राउ परेका छन्। खाँदबारी–४ मा डाइस खेल्नेलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि हातपात गर्ने ४ जना पक्राउ परेका हुन्।
प्रहरीको मोटरसाइकल तोडफोड र प्रहरीमाथि हातपात गरेपछि उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा भीमबहादुर राई, खेदरकुमार राई, ईश्वर मंग्रान्ती र गर्बुराम राई रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














