Logo
Logo

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै तान्जिनिया


1.1k
Shares

काठमाडौं । चार राष्ट्र सम्मिलित टी-२० क्रिकेट शृंखलामा आज (बुधबार) तान्जिनियाले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दैछ । हङ्कङमा जारी उक्त शृंखलाको यो पहिलो खेल हो ।

शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङका अतिरिक्त चौथो टोलीका रुपमा जापान सहभागी छ । तान्जिनियाले एक ओभरमा कुनै पनि विकेट नगुमाई तीन रन बनाएको छ ।

नेपालले नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले यही शृंखलाका लागि राष्ट्रिय टोलीको कप्तानमा इन्दूलाई नियुक्त गरेको हो । क्यानले इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

हङ्कङ भ्रमणका लागि घोषित नेपाली टोलीमा उपकप्तानको जिम्मेबारी विन्दू रावललाई दिइएको छ । यसअघि राष्ट्रिय महिला टोलीको कप्तानको भूमिकामा रुविना क्षेत्री रहेकी थिइन् । टोलीमा निवर्तमान कप्तान रुबिना क्षेत्री पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्