काठमाडौ, २८ माघ ।
मङ्गलबार अपरान्ह चार बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका महानिरीक्षकसहित नेपाल सरकारका चार सचिवको टुङ्गो लगाउने भएको छ । आजदेखि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अवकाश पाउँदैछन् । ठाकुर ज्ञवालीलाई महानिरीक्षकमा बढुवा गर्ने सम्भावना छ ।

त्यस्तै सचिवको बढुवा हुने सम्भावना समेत छन् ।
गृह मन्त्रालयमा कार्यरत सचिव प्रेमकुमार राई, नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरसहित रामकुमार आचार्य, अनिल ठाकुर र राजन खनालले अवकाश पाएपछि पाँच सचिव पद रिक्त रहेका छन् ।
वरिष्ठताका आधारमा गजेन्द्र ठाकुरका ठाउँमा दिनेश भट्टराई, सचिव बढुवा भएपछि सचिव बन्ने प्रतिस्पर्धामा रामशरण पुडासैनी, एकनारायण अर्याल र टेकनारायण पाण्डे रहेका छन् ।
सहसचिव मधु मरासिनी, अर्जुन पोखरेल, लक्ष्मी बस्नेत, मानबहादुर जिसी, कृष्णबहादुर राउत, मानबहादुर जिसी पनि सचिवमा बढुवा हुने चरणमा छन् ।
म्हानिरीक्षकको आज बिदाई
२९ चैत ०७४ बाट नेपाल प्रहरीको महानिरीक्षक पदमा रहका सर्वेन्द्र खनालसहित तीन एआइजीपी र १८ डीआईजीपीले आज अवकाश पाउँदैछन् ।
नेपाल प्रहरीका यी उच्च अधिकृतहरुको विदाइका लागि अपरान्ह ४ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा औपचारिक समारोह आयोजना गरिएको बताइएको छ । अवकाशको अन्तिम दिन पनि महानिरीक्षक खनालले दुई भवनको उद्घाटन गरेका छन् ।
महानिरीक्षक र सचिव बढुवाका लागि मन्त्रिपरिषद् बैठक बस्दै