Logo
Logo

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत भेटिए


630
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र दुईवटा पोथी गैडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको पूर्वी सेक्टरको चप्परखोरी भन्ने ठाउँमा खाग र खुर काटिएको अवस्थामा दुईवटा पोथी गैंडा मृत फेला परेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको जानकारी दिए ।

तस्करले दुईवटा अलग–अलग खाल्डोको धराप पारेर गैंडा मारी खाग र खुर काटेर लगेको पाइएको छ । गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ ।

सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्