Logo
Logo

२७ औं महानिरीक्षकमा ठाकुर ज्ञवाली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठामाडौं, २८ माघ ।
नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई महानिरीक्षमा नियुक्त गरेको हो ।


सर्वेन्द्र खनालले अवकाश पाएपछि सिनियर डिआईजी ज्ञवाली आईजिपी बनेका हुन् । उनले पाँच महिना प्रहरीको नेतृत्व गर्नेछन् ।

प्यूठानमा जन्मिएका ज्ञवाली हाल काठमाडौंको वनस्थलीमा बस्दछन् । उनी २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरीमा भर्ना भएका थिए । प्रहरीमा उनी सालिन र प्रचार नचाहने प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्