Logo
Logo

टिकटक प्रतिबन्धविरुद्धको रिटमा सोमबार सुनुवाइ हुने


693
Shares

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

तिहार बिदापछि अदालत खुलेको पहिलो दिन नै अधिवक्ता दिनेश त्रिपाठी, जगन्नाथ दुलाल, सरिता थापा, डा सुनिल रंजन सिंह, स्वागत नेपाल लगायतले पेश गरेको सात वटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीरका लागि पहिलो पेशी तोकेको हो ।

सर्वोच्चका अनुसार प्रारम्भिक सुनुवाईको दिन एक जना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको माग गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछि सरकारको उक्त निर्णयको पक्ष र विपक्षमा बहस भइरहेका बेला सर्वोच्चमा रिटको ओइरो लागेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्