Logo
Logo

गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रिया अझै चलिरहेको छ : प्रधानमन्त्री


0
Shares

तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनका लागि तत्काल तीनवटा ऐन आवश्यक रहेको बताएका छन् । आइतबार तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रिया अझै चलिरहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘संघीयता जनताका निम्ति हितकारी छ भन्ने साबित गर्न तीनवटा ऐन अपरिहार्य छन् भन्ने कुरा हामी सबैले बुझेका छौँ । प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन । यी ऐनहरू भएमात्रै प्रदेश सरकारजस्तो हुन्छ ।’

जबसम्म प्रदेश सरकार भन्ने अनुभूति जनतालाई दिलाउन सकिँदैन तबसम्म प्रदेशको महत्त्व के हो र त्यसले कसरी जनतालाई प्रत्यक्ष फाइदा दिएको हुन्छ भन्ने विश्वास दिलाउन गाह्रो हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डले योपटक तीनवटै ऐन कार्यान्वयनमा आउने र प्रदेश सरकारसँग लाठी हुने बताए । ती ऐनहरू अघि बढाउन सहमति जुटिसकेको भन्दै उनले अब सदनभित्र लगेर कानुन बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्