Logo
Logo

ट्याक्टर दुर्घटनामा चारको मृत्यु, ११ घाइते


- दृष्टि न्युज/संवाददाता


परासी, २९ माघ । पूर्वी नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा चार जनाएको मृत्यु भएको छ । मेला हेरेर फर्किदै गर्दा दुर्घटना भएको हो । सो दुर्घटनामा पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकाका चार जनाको मृत्यु भएको हो ।
घर जानका लागि चढेको ट्याक्टर छरछरेमा अनियन्त्रित भएर सडकबाट २ सय मिटर तल खसेको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताएका छन् ।
मृत्यु हुनेमा २२ वर्षीय नरबहादुर सुस्लिङ, ५९ वर्षीय यमानसिंह सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारु रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी मोहनबहादुर खाँडका अनुसार मृत्यु हुने सबै बुलिङ्टार–३ बतासाका हुन् । उक्त दुर्घटनामा परेका बलबहादुर झेडीको अवस्था गम्भीर छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
मंगलबार राति बुलिङटारको छरछरेमा लागेको मेला हेर्न गएका थिए । घटनास्थल रजहरबाट उत्तर पहाडी क्षेत्रमा पर्छ । पहाडी गाउँमा सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले उनीहरु ट्याक्टरमा घर जाँदै थिए ।

प्रतिक्रिया दिनुहोस्