Logo
Logo

हमास समूहको नियन्त्रणमा रहेका विपीन जोशी सुरक्षित


5.9k
Shares

काठमाडौं । इजरायल–हमास द्वन्दका क्रममा वेपत्ता भएका  कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी सुरक्षित रहेको पाइएको छ ।

इजरायलस्थित नेपाली दूतावासले गत असोज २० गते इजरायली भूमिबाट हमास समूहको कब्जामा रहेका उनी सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको हो ।

परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दिपक जोशीका अनुसार उनी सुरक्षित रहेको आधिकारिक जानकारी प्राप्त भएको हो । सुरक्षित रहेका जोशीलाई छुटाउनको लागि पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनको सकुशल उद्धारको माग गर्दै केही दिन अगाडि उनका आमाबुबाले परराष्ट्र मन्त्री साउदसँग भेट गरेका थिए । रराष्ट्रमन्त्री साउदले जोशीको सकुशल उद्धारको लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकार लगायतका निकाय अथक प्रयासमा लागिररहेको बताएका थिए ।

इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए । जोशीसहित कयौँलाई हमास समूहले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्