Logo
Logo

करिब दुई किलो कोकिनसहित एक भारतीय नागरिक पक्राउ


1.5k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो कोकिनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाडौं आएको एक महिला यात्रुको साथबाट सोमबार कोकिन बरामद गरिएको प्रहरीले जनाएको हो ।

प्रहरीको लागुऔषध अनुसन्धान ब्युरोको टोलीले बिहान १० बजेतिर ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । इथोपियाबाट दोहा हुँदै आएकी भारतको मिजोरोम राज्यकी किमरो साँगी पक्राउ परेकी हुन् । प्रहरीले उनको साथबाट प्रहरीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ । प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्