Logo
Logo

एमालेको केन्द्रीय कमिटी बैठक भोलि, यस्ता छन् एजेण्डा


945
Shares

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटिको बैठक बोलाएको छ । एमालेले बुधबारका लागि बैठक बोलाएको हो । बैठक भोलि बिहान ११ बजे च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।

पार्टीले यही मङ्सिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्