Logo
Logo

काठमाडौं भोलि हुने प्रदर्शनको मानवअधिकार आयोगले अनुगमन गर्ने


252
Shares

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भोलि (मंसिर ७ गते) उपत्यकामा हुने प्रदर्शनको अनुगमन गर्ने भएको छ ।

स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको घोषित कार्यक्रममा हुनसक्ने सम्भावित घटनाको निरीक्षण गर्न मानवअधिकार अयोगलाई बुधबार बुझाएको ज्ञापनपत्र ग्रहण गरेसँगै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो जनाएका हुन् ।

उनले प्रदर्शनको निरीक्षण गर्न आयोगले विभागअन्तर्गत निरीक्षण गर्ने जानकारी दिए । कुनै किसिमबाट हिंसा भड्किन नदिन आयोगबाट सक्दो पहल गर्ने उनको भनाइ छ । उनले कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु नहुने पनि उल्लेख गरे ।

‘कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन । त्योअनुसार हामी अघि बढ्नुपर्छ । अब कुनै किसिमबाट हिंसा भड्किन गयो भने हामी त्यसमा सतर्क छौं । हुन नदिनेतिर हामी लाग्छौं । सम्बन्धित निकायलाई आह्वान गर्दछौं, सम्बन्धित निकायलाई सक्रिय बनाउँछौं,’ अध्यक्ष मगरले भने, ‘आयोगले गर्नुपर्ने मानवअधिकार संरक्षण, संवर्द्धन, प्रवर्द्धन हामी गर्नेछौं । जे कुरा पनि शान्तिपूर्ण हुनुपर्छ । हामी टोली भएर अनुगमनमा जानेछौं ।’

अध्यक्ष मगरले आयोगले गर्नुपर्ने मानव अधिकार संरक्षण, संवर्द्धन, प्रवर्द्धनमा आफूहरु लागिपरेको जनाए ।

प्रतिक्रिया दिनुहोस्