
काठमाडौं । नेपाल प्रहरीले आज ढुक्क भएर दैनिक कार्य गर्न आग्रह गरेको छ । काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले नागरिकहरुलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन आग्रह गरेका हुन् ।
आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको उनले बताए ।
यातायातको आवागमनमा भने केही समस्या भएपनि त्यसको लागि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गरिने एसएसपी अत्रीको भनाई छ ।












