
धनकुटा । धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेका छन्।
३५ वर्षीय टिकाराम गुरुङले बुधबार राति ३६ वर्षीया श्रीमती भीमा र १० वर्षीय छोरा आयुष गुरुङको हत्या गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । टिकारामले श्रीमती र छोराको हत्या गरी आफुले झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ।
गुरुङले बुधबार राति पौने १ बजे तिर छोरी ६ वर्षिया आसिकीलाई छिमेकीको जिम्मा लगाएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए। यसअघि बुबाले आमा र दाजुलाई घाँटीमा समातेर कुटेको देखेको आसिकीले बताएको एसपी कोइरालाले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














