Logo
Logo

बालकृष्ण, टोपबहादुर लगायतको रिटमा आज पनि सुनुवाइ


630
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुँदैछ ।

मंगलबारदेखि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको थियो । तर, बुधबार पनि बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको १९ जना अभियुक्त र सरकारी पक्षले दायर गरेको दुईवटा रिटमा आज पनि सुनुवाइ हुने भएको हो ।  

सरकारी पक्षले जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडेका टंक गुरुङ र केशव तुलाधरलाई प्रतिवादी बनाउँदै निवेदन दर्ता गरेको छ ।

यता अभियुक्तहरु पूर्व गृहमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, इन्द्रजित राई, हरिभक्त महर्जन, सन्देश शर्मा, शमशेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल सागर राई र रामशरण केसी काठमाडौं अदालतको थुनामा पठाउने आदेशविरुद्ध उच्च पुगेका हुन् ।

यसैगरी, जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंकबहादुर गुरुङलाई धरौटीमा रिहा गरे पनि उनीहरू पनि उच्च पुगेका हुन् । जिल्ला अदालतबाट भएको थुनामा पठाउने आदेश बदर हुनुपर्ने माग उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्