Logo
Logo

दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन स्थगित


13.3k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको आजको लागि तय भएको आन्दोलन कार्यक्रम स्थगित भएको छ । राजतन्त्र र ऋण मिनाहको एजेण्डा लिएर सडक आन्दोलनमा होमिएका प्रसाई नेतृत्वको भक्तपुर हुने भनिएको आजको आन्दोलन कार्यक्रम स्थगित भएको हो।

मंसिर ७ गतेदेखि सुरु भएको उक्त आन्दोलन बल्खु, तीनकुने र सिफल हुँदै आज भक्तपुरको दरबार क्षेत्रभित्र गर्ने तय भएको थियो । प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामको महाअभियानले सूचना जारी गर्दै भक्तपुरको कार्यक्रम स्थगित गर्दै आज बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजीमल, रत्नपार्कमा एकैपटक विरोधस्वरुप सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरेको छ।

तर उक्त कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जानकारी दिए। कानून विपरित प्रदर्शनमा उत्रिए सोही अनुसार कडा रुपमा प्रस्तुत हुने स्थानीय प्रशासनको तयारी छ।

गत शुक्रबार पनि अभियानले प्रशासनसँगको समन्वयविना तीनकुनेमा प्रदर्शनको तयारी गरेपछि प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्