Logo
Logo

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट चुडालको इजलासमा


693
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्धामा आज (आइतबार) सुनुवाईका लागि पेसी तोकिकएको छ ।

आफुलाई घरभित्रै नजरबन्द गरेको भन्दै शुक्रबार दायर गरेको उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाईका लागि पेसी तोकिएको हो ।

मंसिर ७ गतेबाट सुरु भएको प्रसाई नेतृत्वको दोस्रो दिन शुक्रबारको आन्दोलनमा जान नदिई प्रसाईं घरमै प्रहरीको ‘घेराबन्दी’मा परेको भन्दै समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए ।

अहिले भने प्रसाईं सार्वजनिकस्थलमा खुलेयाम भाषण गर्दै हिँडिरहेका छन् । उनी शनिबार पनि कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्