Logo
Logo

पार्टी पंक्तिप्रति कटाक्ष- ‘दाइ के छ हालखबर भनेर सोध्यो भने ८४ त गयो भन्नुहुन्छ’


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचन आफूहरूको चिन्ताको विषय नभएको बताएका छन् । उनले अहिले आफूहरूको नेतृत्वमा भएका पालिकादेखि संघीय सरकारबाट काम गर्नुपर्ने बताए ।

उनले ३३२ पालिकाको प्रमुख, २६६८ वडाको अध्यक्ष कांग्रेस भएको बताए। त्यस्तै कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी भएको, चार वटा मुख्यमन्त्री काग्रेसकै नेतृत्वमा भएको, प्रदेश र संघमा कांग्रेसका मन्त्रीहरू भएको र केही समयपछि कांग्रेसकै व्यक्ति प्रधानमन्त्री बन्ने भएकाले काम गरेर देखाउनुपर्ने बताए ।

पार्टी पंक्तिप्रति कटाक्ष गर्दै उनले भने, ‘सिंगो देशमा चुनाव लड्ने । चुनाव जित्ने । पाँचपाँच वर्ष सरकार चलाउने मौका पाउने । अनि पाँच वर्षको जिम्मा लिन छाडेर अरुले गाएको गीतमा ८४, ८४ भनेर कोही गीत गाएर बसेको छ । कोही चिन्ता गरेर बसेको छ । साथीहरूलाई ‘दाइ के छ हालखबर ?’ भनेर सोध्यो भने ठिक छ तर ८४ त गयो भन्नुहुन्छ ।’

उनले अहिले देश २०८० मै रहेको भन्दै आफूहरूले काम गरेर जनतालाई २०८४ को चुनावमा देखाउनुपर्ने बताए । उनले भने, ‘काम गर्ने हो, २०८४ ड्याङ्काड्याङ देखाउने हो भन्ने आँटै छैन हामीलाई । गयो गयो भन्छौँ ।’

२०८३ मा काम गर्न सकिएन भने २०८४ मा चुनाव किन जित्ने भन्दै उनले प्रश्न समेत गरे । ‘२०८० मा छौँ । अनि म साथीहरूलाई भन्छु, २०८०, २०८१, २०८२ र २०८३ मा काम गर्न सकिएन भने २०८४ मा चुनाव किन जित्नेरु हारौँला नि एकपटक । के बिग्रिन्छ ? जित्नैपर्छ भन्ने छ ?’

उनले सरकारमा बसेर जनताको सेवा गर्नका लागि र परिणाम ल्याउनका लागि चुनाव जितिएको स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्