Logo
Logo

खाना खाने क्रममा विवाद हुँदा श्रीमतीले गरे श्रीमानको हत्या


5.2k
Shares

दैलेख । दैलेखमा श्रीमतीले श्रीमानको हत्या गरेका छन् । दैलेखको नौमुले गाउँपालिका ४ कालिकामा ३८ वर्षका भिमबहादुर योगीको हत्या श्रीमती ३५ वर्षिया सिता योगीले गरेको पाइएको छ ।

दुवै जनाले मादक पदार्थ सेवन गरेर खाना खाने समयमा विवाद हुँदा सिलभरको भडडु र दाउराले टाउकोमा प्रहार गर्दा योगीको घटनास्थलमै मृत्यु भएको थियो।

‘योगीका छोराछोरीले बताएअनुसार पहिले श्रीमानले हात छोडेछन्, ढिँडो पकाएको भड्डुले श्रीमतीले हानी छन् अनि दाउराले पनि टाउकैमा हानी छन् । अत्यधिक रगत बगेर श्रीमान् चाहिँको ज्यान गएछ’ जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले भने ।

श्रीमतीको पनि मुखमा निलडाम रहेको डीएसपी लम्सालले बताए । प्रहरीले राति नै शव दैलेख अस्पताल पुर्‍याएको र सीतालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार दुवै जना एक आपसमा कुटपिट भएको थियो । सोही क्रममा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्