
काठमाडौं । नेपाली बजारमा आज पहेँलाे धातु सुन हालसम्मकै उच्च मुल्यमा कारोबार भइरहेको छ । दिन दिनै नयाँ रेकर्ड कायम गर्दै आएको सुनको भाउ आज पनि बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
सोमबार प्रतितोला एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तीन सयले बढेर १ लाख १७ हजार ७ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन एक लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने यथावत रहेको महासंघले जनाएको छ। आज चाँदी तोलको १५ सय रुपैयामा कारोबार भइरहेको छ।














