
काठमाडौं । लामो समयदेखि जारी रुस र युक्रेन युद्धमा परि एक नेपालीको मृत्यु भएको छ । रूसी सेनामा कार्यरत दोलखाका राजकुमार रोक्काको कात्तिक २९ गते रसिया र युक्रेनको भिडन्तमा मृत्यु भएको हो ।
रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए । रसियन सेनामा भर्ती भएर तालिम गरिरहेका उनको गत कात्तिक २९ गते नै मृत्यु भएपनि परिवार र आफन्तले मंसिर ११ गते मात्रै मृत्युको खबर पाएको जनाइएको छ । यसअघि नेपाल प्रहरीमा रहेका उनी पेन्सन नभई दुई महिना अघि रुस गएका थिए ।
युद्धमा परि रसियन सेनामा रहेका उनी सहित तीन नेपालीको मृत्यु भएको बाइएको छ । अन्य दुई जनाको नाम, ठेगना लगायतको विवरण प्राप्त हुन बाँकी छ ।














