Logo
Logo

रास्वपा मूल प्रवाहमा समाहित, गणतन्त्र हुँदै ‘समाजवाद’सम्म पुग्ने


3.8k
Shares

काठमाडौं । वैकल्पिक शक्तिको रूपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई विचारविहीन राजनीतिक दलको रूपमा टिप्पणी हुँदै आएको थियो । तर, अब भने रास्वपाले पनि विचार र लक्ष्य तय गरेको छ ।

सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय र संसदीय दलको बैठकले रास्वपाको राजनीतिक दस्ताबेजको प्रस्तावना पारित गरेको छ ।

प्रस्तावनामार्फत रास्वपाले आफूलाई सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीको रूपमा उभ्याएको छ । 

संघीयताको मर्मको रूपमा रहेको प्रदेश संरचना लगायतमा असहमति जनाउँदै आएको रास्वपा यो बैठकमार्फत गणतन्त्रात्मक शासन प्रणालीमा समाहित भएको छ । 

पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अङ्गालेको रास्वपाले प्रस्तावनामा भनेको छ– ‘… वैयक्तिक स्वतन्त्रता मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जबाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण निर्माण गर्नु हो ।’

रास्वपाले पनि प्रस्तावनामार्फत आफूलाई समाजवादी यात्रामा उभ्याएको छ । संविधानमार्फत निर्दिष्ट समाजवादी यात्राका लागि अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिएको छ । तर, समाजवादको प्रकृतिको रूपमा भने रास्वपाले ‘संवैधानिक समाजवाद’को बाटो अवलम्बन गरेको छ । 

समाजवादबारे रास्वपाले भनेको छ– ‘शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतको रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरू विरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइने छ ।’

रास्वपाले प्रस्तावनामा ‘संवैधानिक समाजवाद’ उल्लेख गरेको छैन । त्यसैले, रास्वपाले अङ्गालेको समाजवादको प्रकृति कस्तो हुने भन्ने प्रस्ट हुन सकेको छैन । यसको पूर्ण व्याख्या राजनीतिक दस्ताबेजको पूर्ण पाठमा समावेश हुने छ ।

प्रस्तावनामा लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत–साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी–अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहने उल्लेख छ ।

प्रस्तावना यस्तो छ–

प्रतिक्रिया दिनुहोस्