Logo
Logo

निगमका कार्यकारी अध्यक्षलाई प्राधिकरणले साेध्यो स्पष्टीकरण


2.1k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ।

निगमको सुरक्षा व्यवस्थापनको कारण देखाउँदै ईयूले नेपालमाथि लगाएको कालोसूची नहटेको उल्लेख गर्दै प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।

अधिकारीले नियामको निर्देशन पालना नगरेको र निगमको सुधारमा चासो नदेखाएको, यसअघि सोधेका स्पष्टिकरणमा जनाएका प्रतिवद्धता पालना नगरेको समेत निगमले आरोप लगाएको छ ।

चरम भ्रष्ट छविका कार्यकारी अध्यक्ष अधिकारी निगमको सुधार भन्दा पनि कमिसको खेलमा लागेका छन् । पैसाको भरमा राजनीतिक नेतृत्वदेखि न्यायालय सम्मलाई प्रभावमा पार्दै आएका अधिकारी यतिखेर दुबई भ्रमणमा छन् ।

नेपाली उडान ईयुको कालोसूचीबाट नहट्नुको कारण नागरिक उड्डयन प्राधिकरण रहेको आरोप लागिरहेको बेला प्राधिकरणले निगमका कार्यकारी अध्यक्षलाई आरोप लगाउँदै स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया दिनुहोस्