Logo
Logo

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने


378
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आगामी माघ ११ गते बिहीवार हुँदैछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार सोही दफाहरुको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम नाम हटेको अवस्थामाबाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन नपाउनेबारे आज (आइतवार) विज्ञप्ति जारी गरी उम्मेदवार बन्न नपाउने जानकारी गराएको हो।

आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस २० गते सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने जनाइएको छ ।

प्रकाशित मतदाता नामावलीमाथि दाबी विरोधलगायत सोही दिन प्रारम्भ भई पुस २२ गते सम्पन्न हुने र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उम्मेदवारको मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। मनोनयन दर्तापश्चात् उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ ।

मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्