Logo
Logo

परराष्ट्र सचिवको अवकाश, कामुमा वरिष्ठ सहसचिव लम्साल


1.5k
Shares

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्याल नियमित सेवाबाट अवकाशमा गएका छन् । करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट उनले हिजो मंगलबारदेखि अवकाश लिएका हुन् ।

पौडेलले सामाजिक सञ्जालमार्फत आफु ३७ वर्षे लामो सक्रिय निजामति सेवाबाट अवकाश लिएको जानकारी गराएका छन् ।सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ ।

सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएका छन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्