Logo
Logo

गृहमन्त्रीलाई भेट्न गंगालाल पुगे प्रधानमन्त्री


3.5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका छन् ।

मुटुमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएर उपचार गराइरहेका गृहमन्त्री श्रेष्टलाई भेट्न उनी आज (बुधबार) बिहान बाँसबारी पुगेका हुन् । उनले अस्पताल पुगेर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए । उनको एन्जियोप्लास्टि गरिएको पनि जनाइएको छ ।

मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको थियो ।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्