काठमाडौं । नेपाल वायुसेवा निगमको २५ वटा त्रुटी देखाएर आईकाओले निगमका जहाज युरोप उड्न प्रतिबन्द गर्ने निर्णय गरेको एक साता वित्दा नवित्दै नागरिक उड्यन प्राधिकरणले निगमको अडिट गर्ने भएको छ ।
निगमको अडिट गर्न आज (बुधबार) बिहान १० बजे कान्थिपथस्थित मुख्य कार्यालय पुगेका क्यानका १० जना कार्मचारीलाई निगम प्रवेश गर्न दिएन । निगमका चारवटा कर्मचारी युनियनले क्यानका अडिट गर्न गएका कर्मचारीहरुलाई फर्काएपछि एकछिन तनाव उत्पन्न भएको थियो ।

निगमको भ्रष्ट व्यवस्थापनका कारण जहाजहरु विग्रिएको, समयमा मर्मत नगर्ने र भाडाको इन्जिनबाट कराडौँ कमिशन खाने गरेकाले निगमको विश्वनियता समेत कमजोर हुँदै गएको छ ।
निगमका दुईवटा न्यारोबडी एयरबस र दुईवटा वाइबडी एयरबसको जहाजबारे क्यानले अडिट गरेर त्यसमा त्रुटी फेला परे एओसी रद्दसमेत गर्न सक्छ । यसबाट निगमको चारवटै जहाज ग्राउण्डेड हुनेछ ।












