
काठमाडौं । आज काठमाडौं उपत्यकामा बिहानदेखि नै मौसम धुम्मिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार दिउँसोे बेला बेला घाम झुल्किए पनि मौसम धुम्म भइरहने छ । यद्यपी पानी भने नपर्ने उनले बताए ।
उनका अनुसार मौसम धुम्म हुँदा खासै चिसो बढ्दैन् । मौसमविद् नगरकोटीका अनुसार बेलुकीबाट भने मौसम खुल्दै जाने छ । मौसम सफा हुँदै गएपछि भोलिदेखि थप चिसो बढ्ने मौसमविद् नगरकोटीले बताए ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १९ देखी २१ सम्म पुग्ने पूर्वानुमान गरिएको छ ।














