Logo
Logo

भूकम्प प्रभावितलाई घर बनाउन सस्तो ब्याजमा ऋण दिइने


441
Shares

काठमाडौं । गत कात्तिक १७ गते जाजरकोको कारेकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिइने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै क्षेतीग्रस्त घरहरु पुननिर्माण गर्न सहुलियत स्वरुप सस्तो ब्याजदरमा ऋणको व्यवस्था गरेको हो ।

नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा २ प्रतिशत विन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने भएको छ।

यस्तै भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकद्वारा सार्वननिक गरेको समिक्षामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्