Logo
Logo

हिमाल आरोहणका लागि १३२९ जनाले लिए अनुमति


882
Shares

काठमाडौं । चिसो मौसममा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन्।

विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लमका लागि छन्। अमादब्लम आरोहणका लागि ४५ समूहका ४९२ जनाले अनुमति लिएका छन्। अहिलेसम्म ७६ देशका आरोहीले ५२ हिमाल आरोहणका लागि अनुमति लिएे उनले बताए ।

त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन्। आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्याण्डका ५० जना छन्। यो मौसमको आरोहण अनुमतिबाट सात करोड ६६ लाख ९३ हजार १२ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।

पर्यटन विभागका अनुसार यो पटक ६ मुलुकका २२ जनाले नेपालका हिमालबाट ‘स्की’का लागि अनुमति लिएका छन्। स्कीका लागि सबैभन्दा अनुमति लिनेमा फ्रान्सका नागरिक छन्। उनीहरू हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने छन्।

प्रतिक्रिया दिनुहोस्